मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदीप पौडेलले रिङरोड विस्तारका लागि असार १५ गते दबाब यात्रा गर्ने



काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्। उनले रिङरोडको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दबाब यात्रा गर्ने भएका हुन्।

केही दिनअघि मात्रै नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक वजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री लाई भेटी ध्यानाकर्षण गराएका थिए साथै उनले यस विषयमा संसदमा पटक पटक आवाज उठाउदै आएका छन् ।

उनले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहसँग र चिनियाँ राजदूत सँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए।

काठमाडौँको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा यहाँको वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको उनको भनाइ छ। सरकारले यति महत्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्य मा खेलबाड गरिरहेको उनको आरोप रहेको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ९ : २० बजे