मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धवीर र धर्मलाई स्वर्ण



काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।
बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते ।

गीतकार समेत रहेका उनले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्डमा पूरा गरे । सोही दूरीको ५० वर्षमाथि धर्मले १७ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए ।
धर्मले प्रतिस्पर्धा गरेको स्पर्धामा नेपालकै रैवत दाहाल दोश्रो भए । उनले निर्धारित दूरी तय गर्न १७ मिनेट ५० सेकेन्ड समय लगाए ।

नेपालले थप १ कांस्य पनि जित्यो । ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य प्राप्त गरे । उनले निर्धारित दूरी २० मिनेट १९ सेकेन्डमा तय गरे ।

प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् । पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथि १० हजार मिटर दौड तथा लाक्पा शेर्पा लामाले ४० वर्षमाथि १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।
उक्त दौड शनिबार हुने टोलीको नेतृत्व समेत गरेका बुद्धवीरले जनाएका छन् । शनिबारै धर्मले १० हजार मिटर दौडमा पनि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ४ : १२ बजे