मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एसमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने,सम्मानित नेताको पद पनि यथावत् हुने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने खतिवडाले बताए । उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ । अहिले सम्मानित नेतामा झलनाथ खनाल छन् ।

सचिवालय बैठकपछि निर्णय सुनाउँदै उनले भने,‘पर्सि असार १५ गते पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दैछौं । हाम्रो केन्द्रीय कमिटिको संख्या २९९ जनाको हुनेछ । १० महाधिवेशनको हलबाट हामीले थप्ने गरि हामीले यो संख्या २९९ जना गर्ने गरि प्रस्ताव गरेका छौं । हाम्रो केन्द्रीय पदाधिकारीको संख्या २१ जनाको हुनेछ । सम्मानित नेताको पद कायम गरिनेछ । वरिष्ठ उपाध्यक्षको एउटा पद सिर्जना गरिनेछ । केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट राख्ने निर्णय भएको छ ।’

त्यस्तै, एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ ।योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : १७ बजे