मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङ पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, दुई जना घाइते



बागलुङ ।बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा दुईजना घाइते भएका छन्।

गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो। पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ। गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ४५ बजे