मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँको रिङरोड बिस्तारका लागि पौडेलको अगुवाइमा दबाबयात्रा



काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कलंकी-चाबहिल सडकखण्ड विस्तारका लागि दबाबयात्रा सुरु गरेका छन्।

सडक विस्तारको काम तुरून्त अघि बढाउनुपर्ने मागसहित सांसद पौडेलको अगुवाइमा सामूहिक दबाबयात्रा गरिएको हो।

शनिबार बिहान ७:३० बजे कलंकीबाट सुरु यात्रा कंलकी–स्वयम्भु–ठूलोभञ्याङ–बसपार्क-बसुन्धरा हुँदै धोबीखोला (चाबहिल) पुगेको थियो।

दबाबयात्रामा साथ दिन सांसद प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोला लगायत सहभागी थिए।

यसअघि नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक वजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री लाई भेटी ध्यानाकर्षण गराएका थिए साथै उनले यस विषयमा संसदमा पटक पटक आवाज उठाउदै आएका छन् ।

उनले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहसँग र चिनियाँ राजदूत सँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए।

काठमाडौँको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा यहाँको वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको उनको भनाइ छ। सरकारले यति महत्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्य मा खेलबाड गरिरहेको उनको आरोप रहेको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : ४१ बजे