मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ



काठमाडौं । (पोखरा) गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेशका प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटालाई पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । तेस्रो हप्ता नपुग्दै देवकोटाले दोस्रो पटक सपथ लिएका छन् ।

सभामुख कृष्णप्रसाद धितालले दल परित्याग गरेको सूचना पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका थिए ।नेकपा माओवादी केन्द्रले गरेको कारवाहीविरुद्ध नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटाले असार ६ गते सर्वोच्चमा रिट दायर गरे ।

माओवादीको चिह्न लिएर गोरखा( २ को प्रदेशसभा(क)बाट निर्वाचित देवकोटालाई माओवादीले कारवाही गर्न नमिल्ने भन्दै सर्वोच्चले गत सोमबार अन्तरिम आदेश दिएको हो ।

सात मन्त्रालय रहेको गण्डकीको मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । मुख्यमन्त्री पाण्डेको क्याविनेट देवकोटाले सपथ खाएपछि पाँच सदस्यीय बनेको छ ।बजेट पास गरेर राप्रपालाई पनि सरकारमा ल्याउने मुख्यमन्त्री पाण्डेको तयारी छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : ४६ बजे