मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा–ओली भेटपछि माओवादी केन्द्रभित्र तरंग



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगेर भेटघाट गरेका थिए ।

भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ । देउवाले सहकार्यका लागि प्रस्ताव गरेको बुझिएको छ । दुई शीर्ष नेताको भेटलाई लिएर माओवादीसहित राष्ट्रिय राजनीति फेरि तरंगित बनेको छ ।

माओवादी नेतृत्वमा भने कांग्रेस र एमाले मिलेर सरकार परिवर्तन गर्न लागेको आशंका पैदा भएको छ ।

कांग्रेसका कतिपय नेताहरु एमाले र कांग्रेस मिलेर देशलाई अगाडि बढाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला देउवा र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यता ओली–देउवाको भेट भएपछि प्रधानमन्त्री प्रचण्डले ओलीलाई टेलिफोन गरि भेटवार्ताका विषयमा चासो राखेका थिए ।

सिंहदरबारमा भएको भेटमा प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल पुनर्गठन र समसामयिक विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

सत्ता गठबन्धनले राष्ट्रपति विदेश भ्रमणमा गएको र बजेट पारित हुन बाँकी रहेको भन्दै सरकारका मन्त्री हेरफेर गर्ने तयारी रोकेको थियो । बजेट पारित भएकाले सरकारमा जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गर्ने प्रचण्डको चाहना छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १ : ०२ बजे