मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्र खतरामा परे नेताहरुले चिन्ता लिन पर्दैन: गृहमन्त्री



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र खतरामा परे जनताले नै जोगाउने भन्दै नेताहरुले चिन्ता लिन आवश्यक नरहेको बताए ।

आइतबार नेकपा एसको महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई खतरा जनताबाट नभइ नेताहरुबाट नै भएको भन्दै नेताहरुले चिन्ता गर्न आवश्यक नरेको बताए ।

उनले भने,‘ लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो, चिन्ता गर्नुपर्दैन । लोकतन्त्रलाई खतरा छ भने हामीबाट मात्रै छ । जनताबाट छैन् । पटक्कै छैन् खतरा परिहाले जनताले नै जोगाउँछन् । एउटा परिस्थिति

आयो त्यसले तपाइँहरुको पार्टीलाई जन्मायो । यहाँहरुलाई लाग्यो कि लोकतन्त्रमा खतरा छ ।’
नेताहरूले साँच्चै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले एक ठाउँमा उभिएर कसरी ठूला ठूला विकासको काम गर्न सकिन्छ त्यतातिर ध्यान दिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ३४ बजे