मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।आज दिउँसो देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ । यसको साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन सक्ने अनुमान पनि गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ५६ बजे