मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता शुरु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को उदघाटन गरेका छन् ।

प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासंघको संयुक्त आयोजना सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उदघाटन गर्दै उनल दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए ।

उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरे । आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : १७ बजे