मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ: गृहमन्त्री



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारीमा रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नका जवाफ दिँदै उनले भ्रष्टाचारका २५ काण्डको छानविन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन् ।

उनले भने, ‘बजेटमा र नीति तथा कार्यक्रममा व्यवस्था भए अनुसार भइरहेको काण्डहरुको मात्र होइन् । कुनै पनि कालखण्डमा भएका काण्डहरुमध्य २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको भइरहेको छ । त्यसैले कोही पनि बेचैन हुनुपर्दैन् ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : २६ बजे