मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीसँगको भेटघाट सकारात्मक भयो : कांग्रेस सभापति देउवा



१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा सकारात्मक कुराकानी भएको बताएका छन् । बूढानिलकण्ठमा नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै देउवाले ओलीसँगको भेटबारे बताएका हुन् ।

सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको भन्दै उनले सम्बन्ध सुमधुर रहेको दाबि गरे ।

ओलीले चिया खान बोलाउनुभयो, सौहार्दपूर्ण कुराकानी भएको छ र हाम्रो सम्बन्ध सुमधुर भएको छ भनेर सभापति देउवाले बैठकमा बताउनुभयो,” नेपाली कांग्रेसका प्रचारविभाग प्रमुख मीन विश्वकर्माले भने, “त्यसबाहेकका विषय उहाँले बताउनुभएको छैन ।”

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : २७ बजे