मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि नयाँ सहमति बनेको हो : प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधान संशोधन र राजनीतिक स्थायित्वको लागि सहमति भएको बताएका छन् । मंगलबार सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले सत्तामा जानुपर्छ भन्ने मान्यताभन्दा माथि गएर सहमति भएको सुनाए । उनले आर्थिक स्थिरता र विकास निर्माणलाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सहमति बनेको बताए ।

उनले भने, ‘संविधानमा आवश्यक शंसोधन लागि पनि एउटा राष्ट्रिय सहमती निर्माण गर्ने र आर्थिक स्थिती, विकास निर्माणमा देखिएको समस्यालाई अन्त्य गर्नको लागि एउटा स्थिर राजनीति, संविधानलाई समसामयिक रुपमा संशोधन गर्न सहमति जुटाउने हिसाबले अगाडि बढ्नको लागि नयाँ राजनीतिक कोर्ष बनेको हो । दुई दलको बीचमा सँगै अगाडि बढ्ने र सरकार निर्माण गर्ने एवम आवश्यकता अनुसार अन्य दललाई पनि समावेश गर्नेगरी ाष्ट्रिय सहमतिको सरकारकै नाम दिइएको छ ।’

उनले ओलीको नेतृत्वमा सरकार सञ्चालन गर्ने र त्यसमा अन्य पार्टीलाई सहभागी गराउने पनि बताए ।उनले भने, ‘यसमा ओली र हाम्रो पार्टी सभापतिले आलोपालो नेतृत्व गर्नु कुरा भएको छ । नेतृत्व कांग्रेस र एमालेको नै हुन्छ । यसमा अरु दललाई पनि सहभागी गराउन सकिन्छ भन्ने आधारमा नै समझदारी भएको छ ।’

उनले आर्थिक विकासमा देखिएको समस्या समाधान गर्नको लागि बृहत्तर राष्ट्रिय हितमा सहमति भएको भन्दै यसलाई कार्य सम्पादन समितिको बैठले औपचारिक रुपमा अनुमोदन गर्ने बताए ।यस्तै, उनले सोमबार राति राष्ट्रपति निवासमा देउवा र ओली गएको सूचना गलत भएको पनि बताए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : २२ बजे