मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश स्तरीय कबड्डीमा सुनसरी अगाडि



विराटनगर । मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए । सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल हार्दै ३ अंक प्राप्त गरेको छ ।

झापा र मोरङले २–२ अंक प्राप्त गर्दा १ खेलमा जित १ खेलमा हारेका छन् । इलाम १ खेलमा जित निकाल्दै २ अंक प्राप्त गरेको छ । उदयपुरले १ खेलमा बराबरी र १ खेल हार्दै १ अंक प्राप्त गरेको छ ।

त्यसैगरी, धनकुटा, संखुवासभा, तेह्रथुम र ओखलढुंगा कुनै पनि खेलमा नतिजा निकाल्न नसक्दा अंकविहीन अवस्थामा छन् ।

प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । समूह ‘ए’मा मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर र धनकुटा छन् । समूह ‘बि’मा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र ओखलढुंगा छन् । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् ।

बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद विकास बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : ४० बजे