काठमाडौं । घरेलु टोली जर्मनीको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै स्पेन युरो २०२४को सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको खेलमा स्पेनले जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि नतिजा निकाल्न अतिरिक्त समयमा पुगेको थियो ।अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई २–१ को गोल अन्तरमा जित दिलाए ।
५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । उनले लामाइन यमलको पासको सदुपयोग गरे । तर, उक्त अग्रता स्पेनले बचाउन सकेन ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लेभरकुजनका मिडिफिल्डर फ्लोरियन विर्ट्जले निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतरिक्त समयमा पु¥याएका थिए । उनले लेरोय सानेको पासको सदुपयोग गरे ।तर, ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पु¥याए ।
अतिरिक्त समयमा स्पेनका ड्यानी कार्भाजलले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए । तर त्यसको फाइदा घरेलु टोलीले लिने अवसर नै पाएन ।