प्राकृतिक बिपत्ती पछिको उद्धार र सहायता गर्न किन चुक्दैछ सरकार ?



काठमाडौ । बर्षाले देशमा बितण्डा मच्चाइरहेको छ । गत जेठ २८ गते यता हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ ।

काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ४८ जनाको मृत्यु भएको छ ।

तेस्तै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ५४ जना घाइते भएका छन् ।

सडकहरू पहिरो र कटानका कारण बन्द हुन थालेका छन् भने नदीको सतहले खतराको सीमा नाघ्न थालेका छन् । नदी किनारका बस्ती र खेतबारी बगिरहेका छन ।जनधनको यत्रो क्षती हुदा समेत उद्धार राहतको सरकारी प्रयास साह्रै सुस्त देखिनु खेदजनक छ । यसले प्राकृतिक विपत्तिमा उद्धार र सहायता समेत गर्न नसक्ने सरकार र प्रशासनिक संयन्त्रप्रती नागरिकहरुले बेला बेला देखाउने आक्रोशलाइ स्वभाबिक भएको पुष्टी गरेको छ ।

भारी बर्षापछिको बाढी र पहिरोले देशभर यत्रो जनधनको क्षतिसहित जनताको हुर्मत लिइसक्दा पनि सरकार ब्युझन सकेको छैन ।देशका प्रधानमन्त्रीले बल्ल सिंहदरबारस्थित ‘एक्सन रुम’बाट निर्देशन दिन भ्याएका छन ।स्थानीयवासी, प्रहरी र सेनाले उद्धार र सहायताको प्रयास जारी राखेको देखिए पनि त्यो पर्याप्त देखिदैन ।देशमा आइपरेको बिपतको घडिमा आम नागरिकहरुले केन्द्र सरकारको काम निर्देशन दिने भन्दा अरु देख्न पाएका छैनन ।

बर्षायाम अझै सकिएको छैन , देशभर मनसुनी बर्षासँगै बाढी पहिरो पनि व्यापक हुनसक्ने समय अझै बाकी छ ।सरकारको उदासिनता हेर्दा बाढी पहिरोले कोही घरबारबिहिन भए अभिभाबक बिहिन हुनुपर्ने नागरिकको बाध्यता देखिन्छ ।

समय अझै बाकी छ,बाढी, पहिरो र डुबानको विपत्तिबाट जोगाउन जनसाधारणलाई आवश्यक सहायता उपलब्ध गराउन सरकार नचुकोस । दुरदराजका आम नागरिकहरुले सरकारलाइ सिङ्हदरबारको एक्सन रुमबाट निर्देशन दिनेमात्रैमा सिमित नदेखुन ।सरकारको सार्थक प्रयास देखियोस ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ३८ बजे