वर्षाले डुब्यो राष्ट्रिय सभा गृह



काठमाडौँ । गएरातिको वर्षाले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह डुबानमा परेको छ । पानी जाने ठाउँ नहुँदा ठुलो पानी पर्नासाथ सभागृह डुबानमा पर्ने गरेको छ । सभागृहको भुइँतलास्थित मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यसअघि यहीँ थियो । हाल मेयर र उपमेयरको कार्यालय कमलादीमा छ । अहिले २ मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १२ : ०३ बजे