एसिया कप : नेपालले युएईविरुद्ध पहिला फिल्डिङ गर्ने



काठमाडौं । एसिसी महिला टी२० एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले युएईविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

नेपालकी कप्तान इन्दु वर्माले रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङको निर्णय लिए कि हुन्।

युएईविरुद्ध मैदान उत्रिँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर हुनेछ। हालसम्म नेपालले एसिया कपमा कुनै पनि खेलमा जित हासिल गर्न सकेको छैन।

हालसम्म नेपाल र युएईबीच चार खेल भएको छ। जसमा नेपालले दुई र युएईले एक जित निकालेका छन्। एक खेल भने नतिजाविहिन बनेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ३ : ३४ बजे