काठमाडौं– अघिल्लो महाधिवेशनमा प्रकाशमान सिंहको उपसभापतिका रुपमा निर्वाचन लडेकी कांग्रेस नेतृ सुजाता कोइराला नेता शेखर कोइराला पक्षमा खुलेकी छिन्।
बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सुजाताले भनिन्– ‘हामी एक भइनौं भने हाम्रो भविष्य रहन्नँ। शेखर दाइलाई मेरो समर्थन रहन्छ। हामीबीच विवाद छैन। शशांकलराई पनि यहाँ ल्याउनै पर्छ। आउनै पर्छ।’
कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालापुत्री सुजाताले अबका दिनमा शेखर कोइरालाको कार्यालयलाई कम्तीमा हप्ताको एक दिन समय दिने बताइएको छ।
उनले सो समयमा शेखर कोइरालाको सागठिक ताकत बढाउन महत्वपूर्ण भेटघाटहरु गर्नेछिन्। नेता शेखर कोइरालाको कार्यालयमा उपस्थित सञ्चारकर्मी र केही काँग्रेस कार्यकतामाझ उनले थपिन्( हाम्रा बुवाहरूको सपना पूरा गर्न हामी तीन जना मिलेर जान्छौं हामीबीच कुनै विवाद छैन।’
सो कार्यक्रममा नेता शेखर कोइरालाले आफूहरु एकढिक्का नभइ पार्टी चल्न नसक्ने दाबी गरे। भने ‘पार्टी नचले देशको अवस्था नाजुक हुँदै जान्छ। हामी एकढिक्का भएर अघि बढ्यौं भने मात्रै पार्टी एक ढिक्का हुन्छ। कांग्रेसकाबीचमा एकता भयो भने अन्य पार्टीकाबीचमा भएको एकताको फल पाइन्छ।’
शेखरले आफूहरू एकढिक्का नभई पार्टी चल्न नसक्ने ठोकुवा गरे। पार्टी नचले देशको अवस्था नाजुक हुने उनको भनाइ थियो।
‘हामी एकढिक्का भएर अघि बढ्यौं भने मात्रै पार्टी एकढिक्का हुन्छ। कांग्रेसलाई एक बनाऔँ,’ नेता कोइरालाले भने, ‘१५औँ महाधिवेशनलाई ध्यानमा राखेर अघि बढौँ।’
सुजतासँग आफ्नो कुरा भइसकेको उनको भनाइ थियो। पार्टीमा सधैँ एकैठाउँ हुने अवस्था आएपनि त्यो ठूलो कुरा नभएको उनको भनाइ छ। ‘हामी एक ठाउँमा छौँ। कहिलेकाहीँ यताउता भइन्छ१ के गर्ने१ तर त्यो ठूलो कुरा होइन,’ उनको भनाइ थियो।
यद्यपि शशांकबारे टिप्पणी शेखरले गरेनन्।