महिला एसिया कप : नेपालको विजयी सुरुवात, यूएई ६ विकेटले पराजित



काठमाडौँ । महिला एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो।

युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६।१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

नेपालकी सम्झना खड्काले अविजित ७२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन्।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो।

युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाउँदा कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएइन्।

त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन्। सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक(एक विकेट लिए।

आइतबार नेपालले अर्को खेल पाकिस्तानविरुद्ध खेल्दैछ।

युएईले आइतबार नै भारतको सामना गर्दैछ

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : ५१ बजे