हत्याको आरोपमा सोलुखुम्बुका बस्नेत पक्राउ



काठमाडौं । प्रहरीले हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु, जिल्ला थुलुङ दुधकोशी गाउँपालिका–२ देविस्थान बस्ने ४५ वर्षीय पूर्ण बहादुर बस्नेत रहेका छन् ।

उनले आफ्नै घरमा पाहुना आएका भिनाजु ६० वर्षीय सुरेश बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार  ९ : ५५ बजे