बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा राजीनामा दिने घोषणा गरेका छन्।केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका उनले प्रदेशसभाबाटै राजीनामा दिने घोषणा गरेका हुन्।
विश्वासको मतका लागि प्रस्ताव गर्नका लागि बोलाएको प्रदेशसभा बैठकमा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन्।महराले चैत २५ गते मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए।
कांग्रेस र एमाले असफल भएको टिप्पणी गर्दै उनले संविधान संशोधनको प्रसंगले अर्को तरङ्ग पैदा गरेकोसमेत बताएका थिए।महराको राजीनामासँगै कांग्रेस र एमालेबीच एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति छ।