बागमतीमा नयाँ सरकार गठनको आह्वान



हेटौंडा । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् ।

उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।

आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ०४ बजे