काठमाडौँ । लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ।नेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्याएका पर्यटन व्यवसायी पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
पाटा, हानलगायतका पर्यटनसम्बन्धी संस्थामा संलग्न उनले पर्यटन व्यवसायको विकास र प्रवर्धनमा विशिष्ट योगदान दिएका छन्।केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए।
होटल उद्योगका ‘लिजेन्ड’ पाण्डेले ६ दशकभन्दा बढी अवधि सक्रिय हिसाबले काम गरेका थिए। पाण्डेले चार दशकअघि होटल सांग्रिला स्थापना गरेको थिए।
पारिवारिक स्रोतका अनुसार ४ बजे पशुपति आर्यघाटमा पाण्डेको पार्थिव शरीरको दाहसंस्कार गरिने छ।पाण्डेका श्रीमती, दुई छोरा र एक छोरी छन्।