काठमाडौँ उपत्यकामा आजदेखी पोलियोविरुद्ध खोप अभियान



काठमाडौँ । काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ। साउन १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो।

काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो।

जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले मंगलबारदेखि शनिबारसम्म खोप दिनेछ।

नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ। सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।

काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस ९भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३० देखिएको थियो। २६ मे २०२४ मा संकलन गरिएको टुकुचा र वाग्मती मिसिएको पानी परीक्षण गर्दा भाइरस देखिएको हो।

प्रकाशित मिति : श्रावण ९, २०८१ बुधबार  ८ : ४४ बजे