काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।उपचारका क्रममा बिहीबार राति १०ः४० बजे वीर अस्पतालमा मेयर नकर्मीको निधन भएको हो।
मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। लामो समयदेखि डायलसिस गराउँदै आए पनि पछिल्लो १ महिनायता समस्या अलि बल्झिएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।
मेयर नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा राखिने छ।
गत चुनावमा लालकिल्लाका रूपमा परिचित कीर्तिपूर नगरमा पहिलो पटक कांग्रेसले जितेको हो। कांग्रेसका नकर्मीले ९ हजार ४३ मत ल्याएका उनले एमालेका केशरत्न बज्राचार्यलाई ३५ सय ३६ अन्तरले पराजित गरेका थिए।










