११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘पहिलाको भनदा केहि लचक खालको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले ब्याजदर कोरिडोर सीमाको बैंकदर ७ प्रतिशतबाट घटाएर ६।५ प्रतिशत कायम गरेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगत दरलाई ५।५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको पनि बताए ।
तेस्तै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थाहरुका लागि सेयर धितो कर्जाको सीमा हटाएको हो ।हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले निर्माण व्यवसायलाई चलायमान बनाउनका लागि मौद्रिक नीतिले व्यवस्था गरेको बताएका छन् । आज मौद्रिक नीति सार्वजनिक गर्दै शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति लिइएको बताएका हुन् ।














