काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको शीतलनिवासले जनाएको छ।
बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सोमबारकै बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। जसअनुसार बाग्मतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियार छन्।