सुदूरपश्चिमका मुख्यमन्त्री सोडारिले आज विश्वासको मत लिदै,सत्ता जोगाउन कठिन



काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबादुर सोडारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उनले विश्वासको मत लिन लागे पनि सत्ता जोगिन कठिन छ।

यस अघि भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन्। वैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका सोडारीले सोही दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा चौधरीलाई नियुक्त गरेका थिए। २० असारमा अल्पमतमा परेका सोडारीले आज विश्वासको मत लिन लागेका हुन्।

उनले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभामा पत्र पठाइसकेका छन्। सोहीअनुसार आज बस्ने प्रदेशसभाबाट उनले विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित मिति : श्रावण १८, २०८१ शुक्रबार  ८ : ४७ बजे