सुदूरपश्चिममा दोस्रो पटक मुख्यमन्त्री बन्दै कांग्रेसका शाह



सुदूरपश्चिम । प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ। शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए।

केन्द्रमा कांग्रेस–एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो। सोही अनुसार आज काँग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ। उक्त दामीमा एमालेले पनि समर्थन गर्ने छ।

कांग्रेसको शीर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले मुख्यमन्त्री दाबी पेस गर्ने तयारी गरेका छन्। यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : ३१ बजे