सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा कमलबहादुर शाहलाई दोहोर्‍याउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

आज बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो । शाहले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।बैठकमा सहभागी कांग्रेस सांसद गीता चौधरीले शाहको नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिइन् ।

दलका नेतासमेत रहेका शाहले साढे १२ बजे प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने जनाइएको छ ।

प्रकाशित मिति : श्रावण २०, २०८१ आईतबार  १२ : ३२ बजे