नुवाकोटको शिबपुरिमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना,५ जनाको मृत्यु भएको पुष्टि



काठमाडौं–नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ। उनका अनुसार चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ।

सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ । दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

हेलिकप्टरमा क्याप्टेन अरुण मल्ल बाहेक अन्य चार जना चिनियाँ पर्यटक सवार रहेको खुलेको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो ।

प्रकाशित मिति : श्रावण २३, २०८१ बुधबार  ३ : ३६ बजे