२३ साउन, काठमाडौं । नेपाल काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि जित्नबाट चुकेको छ । बुधबार भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको हो ।
भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ ।भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पारेको हो ।
भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ ।भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पारेको हो ।
पहिलो सेटमा नेपालले २५–२३ को जित निकालेको थियो । दोस्रो सेटमा भारतसँग २५–१४ ले पराजित भएको नेपालले तेस्रो सेटमा फेरि २५–२२ को जित निकालेको थियो भने चौँथो सेटमा २५–२१ ले पराजित भएको भयो । अन्तिमको निर्णायक सेटको खेलमा नेपाल १५–५ ले पराजित भयो ।