धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्।
बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत पुगेको विश्वासको मतसम्बन्धी प्रस्ताव स्वीकृत भएको घोषणा गरेका थिए।
शाहले सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन्।
५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत दिएका हुन्।
बैठकमा सहभागी माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे।
स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशी तटस्थ बसे।
बैठकमा राप्रपाकी खेमादेवी विष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन्।
संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस र एमालेको गठबन्धन बनेपछि २० साउनमा शाह मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए।
२१ साउनमा पदभार ग्रहण गरेका शाहले सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिए।
शाहले यसअघि माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए।














