४ भदौ, बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिंदै छन् ।
नेपाली कांग्रेससंगको गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका छन् । दल नेता चयन भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।