लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

मंगलबार प्रदेशसभाका झन्डै दुई तिहाई सांसदले आचार्यलाई विश्वासको मत दिएका हुन्।

प्रदेशसभाका ८७ सांसदमध्ये ७० जनाले आचार्यलाई विश्वासको मत दिएका थिए। आचार्यले पाएको मत ८० प्रतिशतभन्दा बढी हो।

आचार्यको विपक्षमा ११ जनाले मत दिएका थिए। ५ जना अनुपस्थित भए।

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिए।

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक(एक सांसद प्रतिपक्षमा छन्।

प्रकाशित मिति : भाद्र ४, २०८१ मंगलबार  ७ : ०३ बजे