काठमाडौं । गौरा पर्वको अवसरमा सुदूरपश्चिम सांस्कृतिक समाजद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने र भाषणको बेला हुलहुज्जत मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रवक्ता नवराज अधिकारीका अनुसार, पक्राउ परेकामाथि अनुसन्धान जारी छ।
उनीहरूको नाम हालसम्म सार्वजनिक गरिएको छैन।
प्राप्त भिडियो र फोटोका आधारमा, केही अन्य व्यक्तिहरुलाई निगरानीमा राखिएको छ।
प्रहरीस्रोतका अनुसार हुलहुज्जत मच्चाउने र नारावाजी गर्नेहरु माओवादी कार्यकर्ता र राजावादीहरु हुन्।
पक्राउ परेकामध्ये एकजना राजावादी रहेको भनाइ प्रहरीको छ।