साफ यु-२० च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित, उपाधि चुम्नबाट चुक्यो नेपाल



काठमाडौँ . साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि भएको बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ।घरेलु टोली नेपालले ४-१ गोलले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका समीर तामाङले एक गोल फर्काएका थिए। त्यसभन्दा पछि नेपालले गोल गर्न सकेन।३–१ ले पछि परेका बेला समीरले गोल गरेका थिए।

पहिलो हाफको अन्त्यतिर बंगलादेशले अग्रता लिएको थियो। फ्रिककमा मिराजुलले प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भएको थियो।मिराजुलले नै ५५औं मिनेट बंगलादेशले अग्रता दोब्बर बनाए।७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे।

मिराजुलले बक्सबाट दिएको बललाई लामो रेन्जमा उनले जाली चुमाएको १० मिनेटमा समीरले पनि गोल गरेका थिए।इन्जुरी समयको छैटौं मिनेटमा अहमेद नोभनाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे।

बंगलादेश हुसेनले दिएको कट बललाई किक प्रहार गर्दै जियारथले रोक्ने प्रयास गरेका थिए। तर, बिट हुँदा उनले वान टचमा गोल गरे।

अतिरिक्त समयमा नेपालले थप एक गोल खाएपछि ४-१ को हार नेपालले व्यहोर्नुपरेको हो।सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका थिए।

प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार  ५ : ३७ बजे