पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंगो लगाएको छ। बाग्लुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्याल गण्डकीमा मन्त्री बन्न लागेका हुन्।
आइतबार मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको थियो। कांग्रेस र एमालेबीच गठबन्धनमा कांग्रेसले ५ वटा लिने र एमालेलाई ४ वटा दिने सहमतिअनुसार एमालेले ४ जनालाई मन्त्री बनाउन मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई नाम सिफारिस गरेको हो।
पर्वतका बस्याल प्रदेशसभाका ज्येष्ठ सदस्य हुन्।
नवलपुरकी पद्मा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् भने बाँकी तीन जना खगराज समूहका हुन्।
गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको हो। एमालेका चारै जना मन्त्रीको आजै सपथ गर्ने तयारी छ।