पोखरा । गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका राजीव गुरुङ (दीपक मनाङे)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सर्वोच्चको परमादेशबाट नेपालको संविधानको धारा १६८ को उपाधार (३) बमोजिम जेठ १६ गते मुख्यमन्त्री बनेको पाण्डेले त्यही दिन नेपाली कांग्रेसबाट डा. टकराज गुरुङलाई आर्थिक मामिला र विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए। विन्दुले स्वास्थ्य मन्त्रालय फुटाएपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।