काठमाडौं, १७ भदौ ।गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका मनाङ्गेको आज कार्यविभाजन हेरफेर भएको थियो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई पनि सरकारमा समेट्दै मनाङ्गेलाई वन तथा वातावरणमा जिम्मेवारी तोकेका थिए ।
मनाङ्गेले उक्त मन्त्रालय जुनियरहरुलाई दिइने मन्त्रालय रहेको भन्दै उनले असन्तुष्टि जनाएका थिए । स्वकीय सचिवमार्फत उनले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा पत्र बुझाएका छन् ।