पोखरा । गण्डकी सरकारका मन्त्री दीपक मनाङेले दिएको राजीनामा स्वीकृत भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि उनले असन्तुष्टी जनाउदै राजीनामा दिएका हु्न् ।
सोमबार अपरान्ह मनाङेले पेस गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए।
यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका मनाङ्गेको आज कार्यविभाजन हेरफेर भएको थियो ।
सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए।
मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए।
‘वनमा बजेट छैन। मन्त्रालय हामीले हेर्न पनि पाउँदैन,’ उनले भनेका थिए, ‘झन्डा हल्लाएर हिँडेर काम छैन। हामीले तितपातीको झ्याङ हेर्ने हो।’