काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदामा पनि बहिरंग (ओपीडी) सेवा संचालन गर्न निर्देशन दिएको छ। भदौ १६ गते स्वास्थ्य मन्त्रालयले निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्न भनेको हो।
यसअघि भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।
यसअघी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन गर्न निर्देशन दिएको थियो।
कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका थिए। सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ।