काठमाडौँ । शुक्रबारका लागि हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।
पिंगलास्थानबाट वनकाली, चार शिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोका हुँदै चौँसट्ठी सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिर निस्किएर पञ्चदेवल पूर्वदक्षिणमा निर्मित जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।