लुम्बिनीका सांसद धनबहादुर केसी कारागार चलान



काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएका थिए ।

अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

२०४८ सालमा रुकुम जिल्ला अदालतमा चलेको सरकारी कागजात किर्तेको मुद्दामा केसीलाई दोषी ठहर गरिएको थियो । सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए । पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।

प्रकाशित मिति : भाद्र २३, २०८१ आईतबार  ४ : ५४ बजे