काठमाडौं । माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि नेपाल पुलिस क्लबको महिला भलिबल टिमलाइ सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले प्रायोजन गर्ने भएको छ ।
प्रायोजन सम्झौतामा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले हस्ताक्षर गरेका हुन् ।
काभा महिला भलिबल क्लब च्याम्पियनसिप २०२४, माल्दिभ्स भलिबल संघले यहि २०२४ सेप्टेम्बर १५ तारिख देखि २१ तारिखसम्म आयोजना गर्न लागेको हो । उक्त खेलमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, भुटान,भारत, इरान, काजकिस्तान, पाकिस्तान, श्रीलकां, ताजकिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरि १३ एसियाली वटा राष्ट्रका क्लवहरुले सहभागिता जनाउनेछन ।