काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो ।
नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ ।नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ ।
नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी २० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ।
विदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सवै खेलाडीले आफ्नो भूमिकालाई बुझ्दै राम्रो क्रिकेट खेल्ने बताए। उनले नेपाली टीमका लागि भएको प्रशिक्षण पनि राम्रो भएकाले नजिता पनि राम्रो आउने दावी गरे।
त्यस्तै नेपाली टोलीका लेगस्पीनर सन्दीप लामिछाने अहिलको सिरिज निकै महत्वपूर्ण भएकाले राम्रो खेल देखाउने बताए। नेपालको एकदिवसीय खेलमा करिव एकबर्षपछि फर्कने मौका पाएको भन्दै उनले यसको सदूपयोग गर्ने बताए।