इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बर्नमाउथका फ्रान्सिस्को एभानलिसनले ३८ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा अग्रता लिन असफल भएको थियो ।

बर्नमाउथको मैदानमा खेल बराबरीतर्फ उन्मुन भएका बेला चेल्सीले ८६ औं मिनेटमा गोलको खडेरी तोडेको थियो ।चेल्सीका लागि क्रिष्टोफोर नुकुनुले जाडोन सान्चोको पासमा गोल गरेका थिए । सोही गोल नै चेल्सीलाई जारी प्रिमियर लिगमा ३ अंक थप्न प्रयाप्त रह्यो । चेल्सी जारी सिजनको चौथो चरणमा सात अंकका साथ तालिकाको सातौं स्थानमा छ । चेल्सीसँग पराजित बर्नमाउथ भने ५ अंकका साथ ११ औं स्थानमा छ । बर्नमाउथको पहिलो हार हो ।

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले एर्भटमाथि ३–२ गोलको पुनरागमन जीत दर्ता गेको छ । २ गोलले पछि परको एस्टनले उत्कृष्ट पुनरागमन गर्दै जीत दर्ता गरेको हो ।

एस्टनको मैदानमा पाहुनाटोली एभर्टनले १६ औं मिनेटमा अग्रता लिएको थियो । डिवेट म्याकनेलले गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाए । २७ औं मिनेटमा डोमोनिक कालभर्टले म्याकनेलको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

एस्टनले ३६ औं मिनेटमा पहिलो गोल फर्काउन सफल भयो । उसका ओले वाट्किन्सले लुकास डिग्नेको पासमा गोल गर्दै अन्तर २–१ मा ल्याए । ५८ औं मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दा एस्टनले एभर्टनसँग खेल २–२ को बराबरीमा ल्याएको थियो ।


७६ औं मिनटमा रोस बार्कलेको पासमा जोन डुरानले गोल गरेपछि अन्ततः घरेलु मैदानमा एस्टन भिल्लाले ३–२ को पुनरागमन जीत दर्ता गर्न सफल भयो ।

प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार  ८ : १२ बजे