राष्ट्रपति पौडेल संविधान दिवसको कार्यक्रममा सहभागी हुदैं



काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा सैनिक मञ्च टुडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । ।

विहीबार बिहान विशेष समारोहमा राष्ट्रपति पौडेलको सम्मानमा सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

नेपाल सरकारद्वारा आयोजित कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूको सहभागिता थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १२ : ४४ बजे