प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपतिबिच भेटवार्ता



न्युयोर्क (अमेरिका) प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको हो ।

उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी रहेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : २२ बजे